अन्य पार्टी छोड़ेर 5 सयजना भाजपामा सामेल

सिलगढी : सिलगढी नगरनिगम चुनाउभन्दा अगावै तृणमूल कांग्रेस एवम् माकपाका 5 सय कार्यकर्ताहरू भाजपामा सामेल भएका छन्। सिलगढीको हाश्मी चौकस्थित भाजपा सिलगढी सांगठनिक कार्यालय जयमुनि भवनमा एउटा कार्यक्रमको माध्यमद्वारा विभिन्न राजनैतिक दलहरूबाट आएका 5 सयजना कार्यकर्ताहरूलाई सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। आज 4-5 नम्बर वार्डबाट मुन्नी महतो, हिरन महतो, भारती साहा, सुनील यादव, राजु दास, सन्तोष त्रिपाठीको नेतृत्वमा लगभग 5 सयजना  कार्यकर्ताहरू भाजपामा सामेल भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *