अन्य पार्टी छोडेर 20 परिवार भाजपामा सामेल

खोरीबारी : बुढ़ागञ्ज मण्डलको थानझोडा बगानमा 20 परिवार भारतीय जनता पार्टीमा सामेल भएको छ। एउटा कार्यक्रमको माध्यमद्वारा विभिन्न दलका कार्यकर्ताहरू भाजपामा सामेल भएको बताइएको छ। खोरीबरी बुढ़ागञ्ज मण्डल सभापति कल्याण कुमार प्रसादले विभिन्न पार्टीका धेरै कार्यकर्ताहरू भाजपामा सामेल भएको बताए। यस अवसरमा खोरीबारी बुढ़ागञ्ज मण्डल सभापति कल्याण कुमार प्रसादयुवा मोर्चाका महासचिव तरूण सिंह, थानझोड़ा बगान बीटीडब्ल्युका अध्यक्ष बिनीत सिंहलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *