अन्य पार्टी छोड़ेर धेरैजना तृणमूल कांग्रेसमा सामेल 

सिलगढी :  अन्य पार्टी छोड़ेर धेरैजना समर्थकहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। सिलगढी नगरनिगमको 32 नम्बर वार्डका पूर्व पार्षद प्रकाश दास आज कांग्रेस छोड़ेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। यसको साथै डीवाईएफआईका पूर्व सचिव प्रकाश चन्द्र, माकपा सदस्य अमरनाथ गुप्ता, 2 नम्बर वार्डका भाजपा अध्यक्ष विप्लव राय चौधरी लगायत धेरै संख्यामा कार्यकर्ताहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। राज्यका पर्यटन मन्त्री गौतम देवले दलीय झण्डा प्रदान गरेर सबैलाई आफ्नो पार्टीमा स्वागत जनाए। सिलगढी नगरनिगमको 14, 42 र 43 नम्बर वार्डका माकपा एवम् भाजपाबाट सामेल भएका कार्यकर्ताहरूलाई लिएर एउटा सभाको आयोजना गरिने मन्त्री देवले बताए। यस अवसरमा मन्त्री गौतम देव, दार्जिलिङ जिल्लाका तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *