अन्य पार्टी छोडेर 150 परिवार तृणमूलमा सामेल

राजगञ्ज : राजगञ्जमा भाजपा तथा अन्य दल छोडेर 150 परिवार तृणमूलमा सामेल भएका छन्। राजगञ्ज ब्लकको माझीयाली ग्राम पञ्चायतको करतोयामा एउटा कार्यक्रमबीच 150 परिवार तृणमूलमा सामेल भएको बताइएको छ। सिलगढी जलपाईगढी जिल्ला चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायले ती सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका सभापति पुर्णिमा राय, राजगञ्ज ब्लक तृणमूल कांग्रेसका चेयरम्यान मुशरफ हुसेन, राजगञ्ज ब्लक सभापति लक्ष्यमोहन राय, अहिदार रहमान, माझीयाली प्रधान खुकुमनि राय, सुखानी अञ्चलका प्रधान सम्पा दत्त लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *