अन्य पार्टी छोड़ेर 40 परिवार भाजपामा सामेल

खोरीबारी : खोरीबारी खण्ड अन्तगर्त बतासीमा अन्य पार्टी छोडेर लगभग 40 परिवार भाजपामा सामेल भएका छन्। यस अवसरमा रानीगञ्ज-बिन्नाबाड़ी मण्डल अध्यक्ष भोला नाथ सिद्धा, महासचिव भवेश चन्द्र राय, युवा मोर्चाका महासचिव मरीनमय राय लगायत अन्य भाजपा कार्यकर्ताहरू उपस्थित थिए। बतासीमा आयोजित एउटा कार्यक्रम अवधि दिलसाराम जोत बुथ नम्बर 6 तथा 7 -मा बुथ अध्यक्ष किशोर सिंहा, नित्यगोपाल राय तथा किसान मोर्चा अध्यक्ष माणिक चन्द्र सिन्हाको नेतृत्वमा अन्य पार्टी छोडेर लगभग 40 परिवारलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा सामेल गराएको रानीगञ्ज-बिन्नाबाड़ी मण्डल भारतीय जनता पार्टी युवा मोर्चा महासचिव मरीनमय रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *