अन्य पार्टी छोडेर 5 हजार तृणमूलमा सामेल

बालुरघाट : बालुरघाट साहेबकाछोरी इलाकास्थित उत्सव भवनमा एउटा कार्यक्रमबीच आज साँझ भाजपा जिल्ला सचिव मण्डलीको सदस्य मिठु महन्त, भाजपा श्रमिक संगठनका जिल्ला अध्यक्ष श्यामसुन्दर साहालगायत लगभग 5 हजार तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज तृणमूल कांग्रेसमा सामेल भएकाहरूलाई दलीय झण्डा प्रदान गरेर दक्षिण दिनाजपुर जिल्लाका तृणमूल सभानेत्री अर्पिता घोषले आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा तृणमूल सहर कमिटीका अध्यक्ष सुभाष चाकी, बालुरघाट विधानसभाका कन्भेनर विभास च्याटर्जी, विप्लव मण्डललगायत तृणमूलका अन्य शीर्ष नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *