अन्य पार्टी छोड़ेर 11 परिवार तृणमूलमा सामेल

नक्सलबारी : नक्सलबारी तृणमूल युवा कांग्रेसको तर्फबाट आज बुधकरण जोतमा एउटा योगदान कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रमबीच 11 परिवार अन्य पार्टी छोड़ेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। युवा खण्ड अध्यक्ष अरुण घोषले योगदान कार्यक्रमको आयोजना गरेर बुधकरण जोतका सूरज उरावको नेतृत्वमा लगभग 11 परिवार तृणमूलमा सामेल भएको बताए। पार्टीमा सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा सामेल गरियो। यस अवसरमा तृणमूल कांग्रेस खण्ड अध्यक्ष पृथविस राय, युवा खण्ड अध्यक्ष अरुण घोष, वीरेन सरकार, सपन छेत्री, मनाय सन्चिता सरकार, मोहम्मद जाहिर शेख, सुरजीत घोष लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *