अन्य पार्टी छोड़ेर 200 परिवार तृणमूलमा सामेल

सिलगढी : डाबग्राम फुलबारी विधानसभा क्षेत्रको 1 नम्बर फुलबारी अञ्चलको अम्बिकानगर शान्तिपाड़ा इलाकामा अन्य पार्टी छोड़ेर 200 परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूल नेता तथा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले आज पार्टीमा सामेल हुनेहरूलाई दलीय झन्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका कर्माध्यक्ष देवाशीष प्रमाणिक, 1 नम्बर अञ्चल अध्यक्ष मोहम्मद अहिद, अञ्चल प्रधान नमिता कराती, गौतम गोस्वामी लगायत अन्य तृणमूल कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *