अन्य पार्टी छोडेर 350 जना तृणमूलमा सामेल

सिलगढी : विभिन्न पार्टी छोडेर तृणमूल कांग्रेसमा सामेल हुने क्रम जारी छ। यसै क्रममा आज 350 जना युवाहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। सिलगढी नगरनिगमको 35 नम्बर वार्डमा एउटा कार्यक्रमबीच आज तृणमूल श्रमिक संगठनको एनजेपी शाखाका सभापति प्रसनजीत राय लगायत अन्य नेतृत्वहरूले यी नयाँ सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *