अन्य पार्टी छोडेर धेरैजना तृणमूलमा सामेल

सिलगढी : सिलगढी नगरनिगमको 26 नम्बर वार्डको बाबुपाडा बोइज क्लबमा आज एउटा कार्यक्रमबीच धेरैजना मानिसहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। ती सामेलहुनेहरूलाई जिल्ला तृणमूल सभानेत्री पापिया घोष, तृणमूल युवा सभापति कुन्तल राय एवम् गौतम देवले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। योगदान कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला तृणमूल सभानेत्री पापिया घोष एवम् तृणमूल युवा सभापति कुन्तल रायले विश्वासघातहरूलाई पार्टीमा कुनै ठाउँ छैन, पार्टीका उच्च नेतृत्वहरूलाई यसबारे जानकारी गराइनेछ भनी बताए। नगरनिगम चुनाउको मिति घोषणा भएपछि सिलगढीको केही वार्डहरूमा पार्टी विरुद्ध कार्य गरेको केही तृणमूल नेता तथा कार्यकर्ताहरूविरुद्ध आरोप उठेको छ भने यसबारे पार्टीको शीर्ष नेतृत्वहरूलाई जानकारी गराउने पापिया घोष र कुन्तल रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *