तकदाह : तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत पर्ने बडा पुबोङ चियाबारी चार नम्बर धुराबाट तकदाह टिस्टा भेल्ली समष्टिका प्रमुख कार्यकर्ता सनी सुब्बाको उपस्थितिमा गाउँका युवा जमात हाम्रो पार्टीमा सामेल भएका छन्। पार्टी अध्यक्ष अजय एडवर्डको भिजन मन पाएर ती युवा जमातले हाम्रो पार्टीलाई समर्थन जनाएको बताइएको छ। एउटा कार्यक्रमबीच तकदाह टिस्टा भेल्ली समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका युवा प्रवक्ता मार्कोश लोहागन र तकदाह टिस्टा भेल्ली समष्टिको गोजमुमो युवा मोर्चाका सभापति सुरेश गुरूङ पनि हाम्रो पार्टीमा सामेल भएका छन्।