सिलगढी, 17 अप्रेल (निसं): अनलाइन गेमले देशभरिकै युवाहरूलाई पूर्ण रूपमा आफ्नो प्रभावमा लिएको छ। सोही लतको कारण सिलगढीको घोगोमाली चयनपाडा क्षेत्रका एकजना किशोरले ज्यान गुमाएका छन्। मृतक किशोरको नाम अविक पाल हो। उनी विगत केही वर्षदेखि आफ्ना आमा-बुबा र बहिनीसँग उक्त क्षेत्रको एउटा भाडाको घरमा बस्दै आइरहेका थिए।
जानकारी अनुसार, अविक केही दिनदेखि अनलाइन गेमको लतमा फँसेका थिए। त्यसपछि उनले आफ्नै बुबाको ब्याङ्क खाताबाट पैसा निकालेर ती पैसा अनलाइन गेम खेल्नमा खर्च गरिरहेका थिए।
बुधवारको दिन किशोर झुन्डिएको अवस्थामा फेला परे। त्यसपछि आशीघर आउटपोस्ट पुलिसलाई खबर दिइयो। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइ दिएको छ। हाल पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।