अन्य पार्टी छोडेर धेरैजना भाजपा-मा सामेल

सिलगढी : सिलगढी नगरनिगम चुनाउ अघि तृणमूल लगायत अन्य पार्टी छोडेर धेरैजना भाजपामा सामेल भएका छन्। सिलगढीको 11 नम्बर वार्डको चुनावी कार्यालयमा आज तृणमूल लगायत अन्य पार्टी छोडेर केही कार्यकर्ताहरू भाजपामा सामेल भएको बताइएको छ। ती सामेलहुनेहरूलाई सिलगढी सांगठनिक जिल्ला सभापति आनन्दमय बर्मन, नान्टु पाल, मञ्जुश्री पाल लगायत अन्यले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *