अन्य पार्टी छोड़ेर सयौँ परिवार तृणमूलमा सामेल

नक्सलबारी : नक्सलबारी खण्ड 2 अन्तर्गत चमारूजोतमा एउटा कार्यक्रमबीच अन्य पार्टी छोड़ेर सयौँ परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूल कङ्ग्रेस पार्टी जिल्ला उपाध्यक्ष अमर सिंहाले तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा राज्य सरकारद्वारा जनहितमा गरेको विकासमूलक कार्यहरूबाट प्रभावित भएर धेरै संख्यामा मानिसहरू पार्टीमा सामेल भइरहेका छन्। आज आयोजित कार्यक्रममा लगभग सयौँ परिवारले अन्य पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल छन् भने सामेलहुनेहरूलाई सबैलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। यस अवसरमा तृणमूल कङ्ग्रेस पार्टी जिल्ला उपाध्यक्ष अमर सिन्हा, खण्ड 2 अध्यक्ष पृथ्वीस राय, भानु बर्मन, सुनील घोष, छोटका घोष, गौतम घोष लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *