अन्य पार्टी छोडेर 180 परिवार विनय खेमामा सामेल

रेलिङ : नयाँ सोच तथा नयाँ विचारलाई आत्मसात गर्दै आज एउटा कार्यक्रमबीच रेलिङ कैजले समष्टिका विभिन्न बुथहरू लगायत चुङथुङ मारेबुङ तामसाङ समष्टिबाट अन्य पार्टी छोडेर लगभग 180 परिवार गोजमुमो विनय खेमामा सामेल भएका छन्। जीटीए चेयरम्यान अनित थापाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा गोरामुमोको गड मानिने लामागाउँ लगायत साम्सु बडारे लगायतको ठाउँहरूबाट धेरैजनाले गोजमुमो विनय खेमालाई समर्थन जनाउँदै पार्टीको झण्डा ग्रहण गरे। कार्यक्रममा अध्यक्ष थापाबाहेक पार्टी उपाध्यक्ष सतीस पोख्रेल एवम् अन्य शीर्ष नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *