अन्य पार्टी त्यागेर 2 सयजना तृणमूल-मा सामेल

सिलगढी : सिलगढीको 35 नम्बर वार्डको एनजेपी इलाकामा आज एउटा कार्यक्रमबीच भाजपा तथा अन्य पार्टी छोडेर 2 सयजना तृणमूलमा सामेल भएका छन्। ती सामेलहुनेहरूलाई तृणमूल जिल्ला सभानेत्री पापिया घोष तथा पूर्व मन्त्री गौतम देवले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा सिलगढीको 35 नम्बर वार्डका तृणमूल कङ्ग्रेस प्रार्थी सम्पा नन्दी लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। सभानेत्री पापिया घोषले सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसले यहाँको 47 वटै वार्डमा जीत हासिल गर्ने दावी गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *