अपराधिक गतिविधि रोक्न सिलगढी सहरमा जडान गरिएको अत्याधुनिक सीसीटीभी क्यामाराको कमिश्नर गौरव शर्माद्वारा उद्घाटन

सिलगढी : सिलगढी सहरमा चोरी-डकैतीको घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेकोले यसलाई रोकथाम गर्ने उद्देश्य लिएर सिलगढी मेट्रोपलिटन पुलिसले सहरमा अझ 88 वटा अत्याधुनिक सीसीटीभी क्यामारा जडान गरेको छ। सिलगढी मेट्रोपलिटन पुलिसको स्थापना दिवसको अवसरमा आज उक्त सीसीटीभी क्यामाराको पुलिस कमिश्नर गौरव शर्माले उद्घाटन गरे। यसभन्दा अघि पनि सहरको विभिन्न ठाउँमा धेरैवटा सीसीटीभी क्यामारा जडान गरेको थियो भने उक्त क्यामाराको सहयोगमा पुलिसले धेरैजना अपराधीहरूलाई पक्राउ गरिसकेको छ। यस अवसरमा कमिश्नर गौरव शर्माले भने, बाघडुग्रादेखि उत्तरकन्यासम्म बुलेट क्यामारा लगायत अत्याधुनिक सीसीटीभी क्यामारा जडान गरिएको छ। यी नयाँ क्यामाराको माध्यमद्वारा ट्राफिक पोइन्टमा वाहनहरू लगायत सहरको विभिन्न सडकहरूमाथि नजर राखिनेछ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.