कालेबुङ: सिक्किमकी छोरी आईपीएस अधिकारी सुश्री अपराजिता राई कालेबुङ जिल्लाको नयाँ पुलिस अधीक्षक नियुक्त भएकी छन्। तिनी सिक्किमको प्रथम महिला आईपीएस अधिकारी पनि हुन्। अपराजिता राईलाई गत स्वतन्त्रता दिवसमा ‘पश्चिम बङ्गाल मुख्यमन्त्री पुलिस मेडल’ले सम्माननित गरिएको थियो।