अपहरण भएका सिलगढ़ीका सीए अझसम्म निखोज

सिलगढी : गत तीन दिनदेखि निखोज सिलगढीका चार्टर्ड एकाउन्टेन्ट (सीए)-को हालसम्म पनि कुनै पत्तो लागेको छैन। हाल सिलगढी पुलिस कमिश्नरेटले एउटा विशेष टीम बनाएर जाँच शुरू गरेको साथै पुलिस कमिश्नर स्वयम्‌ले यसको नेतृत्व गरिरहेको बताइएको छ। अर्कोतिर, बिहार र सिक्किममाथि पनि नजर राखिरहेको बताइएको छ। स्मरण रहोस्, गत मंगलबारदेखि सिलगढीको पञ्जाबीपाड़ा निवासी किशन अग्रवाल निखोज भएका छन्। पुलिस सूत्रअनुसार अपहरणकर्ताहरूले फोन गरेर तिनका परिवारका सदस्यहरूलाई फिरौतीको लागि पाँच करोड़ मागेको छ। यसपछि जाँचमा जुटेका पुलिसले सिलगढीको विभिन्न ठाउँहरूको सीसीटीभी फुटेज हेरेर जाँच शुरू गरेका छन्। बिहिबार बेलुकी किशन अग्रवालको परिवारका सदस्यहरूले राज्यका पर्यटन मन्त्री गौतम देवसँग पनि भेट गरे। मन्त्री देवले हर सम्भव सहयोग गर्ने आश्वासन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *