अपहृत युवक उद्धार, तृणमूल जिल्ला सभानेत्रीले भेटे परिवारका सदस्यलाई

सिलगढी : एनजेपी थाना पुलिसले अपहरण गरिएको युवकलाई उद्धार गरेको छ। यस मामिलामा एनजेपी थाना पुलिसले 3 जना व्यक्तिलाई पक्राउ गरेको छ भने तीमध्ये 2 जना तृणमूल कार्यकर्ता रहेको बताइएको छ। आज तृणमूल सभानेत्री पापिया घोष, तृणमूल युवा सभापति कुन्तल राय भक्तिनगरस्थित उक्त युवकको घरमा गएर परिवारका सदस्यहरूसित कुराकानी गरे। स्मरण रहोस्, गत 13 जनवरीमा भक्तिनगर इलाका निवासी एकजना युवकलाई रतन पाल, तपन दास र राजा सिंहले अपहरण गरेका थिए। रतन र तपन सिलगढीको 24 नम्बर वार्डका तृणमूल कार्यकर्ता रहेको थाहा लागेको छ। तथापि, आज तृणमूल सभानेत्री पापिया घोषले ती दुई व्यक्ति पार्टीमा कुनै पदमा नरहेको दावी गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *