आबकारी विभागले 10 लाख रुपियाँ मूल्यको नकली रम-रक्सी सहित बनाउने सामग्री उद्धार

फाँसीदेवा : आबकारी विभागले 10 लाख रुपियाँ मूल्यको नकली रम-रक्सी सहित रम-रक्सी बनाउने सामग्री उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा सिलगढी, नक्सलबारी, जलपाईगढी र बाघडुग्राको आबकारी विभागले संयुक्त रूपमा आज बिहानै फाँसीदेवाको डाङ्गापाडा काजीगछ इलाकामा अभियान चलाएर 2 हजार लिटर नकली रम-रक्सी, 5 सय लिर स्प्रिट र रम-रक्सी बनाउने उपकरणहरू उद्धार गरेको छ। तथापि, आबकारी विभागको टीम पुग्न अगावै नकली रम-रक्सी बनाउने व्यवसायीहरूले चम्पट कसेको बताइएको छ। यस विषयमा बाघडुग्रा आबकारी विभागका ओसी अङ्कुर रायले बताएअनुसार बिहारमा नकली रम-रक्सी तस्करी गर्ने तिनीहरूको उद्देश्य रहेको थियो। गोप्य सूचनाको आधारमा उक्त इलाकामा अभियान चलाएर धेरै मात्रामा नकली रम-रक्सी उद्धार गरेको छ। आबकारी विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *