अपराधमूलक कार्यमा संलग्न रहेको आरोपमा 2 पक्राउ

सिलगढी :  अपराधमूलक कार्यमा संलग्न रहेको आरोपमा एनजेपी थाना पुलिसले 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत 30 जुनमा डकैत गर्न अगावै सादा पोशाकमा पुलिसले फुलबारी 1 नम्बरको गोडामोडमा अभियान चलाएर 4 जना दुष्कृतिहरूलाई पक्राउ गरेको थियो। यसको साथै पुलिसले एउटा पिकअप भ्यान पनि जफत गरेको थियो। यसपछि पुलिसले पक्रा परेका 4 जना आरोपीहरूसँग सोधखोज गर्दा अन्य व्यक्तिहरूबारे थाहा पाएपछि पुलिसले हिजो एनजेपी र तीनबत्ती मोडमा अभियान चलाएर सुशान्त राय र विभास दत्तलाई पक्राउ गर्यो। पक्रा परेकाहरूमा सुशान्त राय आजिमगञ्ज निवासी र विभास दत्त सिलगढी निवासी रहेको साथै तिनीहरू दीर्घदिनदेखि विभिन्न असमाजिक कार्यमा संलग्न रहेको पुलिस सूत्रमार्फत् थाहा लागेको छ। आज दुवै आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *