आर्मीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने गुटका 2 जना सदस्य पक्राउ

सिलगढी : एसओजी (स्पेशल अपरेशन ग्रुप) र डीडी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले संयुक्त अभियान चलाएर आर्मीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने गुटका 2 जना सदस्यलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा सञ्जय कुमार (27) र अनुज कुमार (29) सामेल छन् भने तीमध्ये सञ्जय पटना र अनुज जहानाबाद बिहार निवासी हुन्। तिनीहरूबाट आर्मीको नियुक्त पत्र, नकली आई कार्ड र 5 वटा मोबाइल उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार उत्तर प्रदेश निवासी अमित कुमारलाई आर्मीमा नोकरी लगाइदिने प्रलोभन देखाएर लगभग 3 लाख रुपियाँ लिइने कुरा फाइनल गरेपछि सञ्जय र अनुज उक्त रुपियाँ लिन सालबारी इलाकामा आइपुगे। यसबारे आर्मी इन्टेलिजेन्स ब्युरोले थाहा पाएपछि सिलगढी मेट्रोपोलिटन पुलिसलाई खबर दिए। यसपछि एसओजी र डीडी-ले सालबारीमा संयुक्त अभियान चलाएर ती दुवैलाई पक्राउ गरेर प्रधान नगर थानालाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *