अरुगि साहित्यिक पुरस्कार गान्तोकका साहित्यकार प्रद्युम्न श्रेष्ठलाई प्रदान गरिने

खरसाङ (निसं): प्रत्येक वर्ष खरसाङबाट प्रदान गरिने अरूगि साहित्यिक पुरस्कार यसपाली गान्तोकका साहित्यकार प्रद्युम्न श्रेष्ठलाई प्रदान गरिने भएको छ। आगामी 1 अक्टोबर आइतबारको दिन खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अरुगि  साहित्यिक पुरस्कार समारोह आयोजित गर्ने निर्णय गरेको छ। यस समारोहमा वर्ष 2023 को अरुगि साहित्यिक पुरस्कार तादोङ, गान्तोक, पूर्व सिक्किमका साहित्यकार प्रद्युम्न श्रेष्ठलाई प्रदान गरिने भएको छ। संस्थाका सचिव ग्याल्पो लामाले एउटा विज्ञप्ति जारी गरेर संस्थानले आफूलाई असमञ्जस्तामा नराखी साहित्यकारको चयन गरिदिने नम्र आग्रह विज्ञ निर्णायकहरूलाई गरेको बताए। हाम्रा विज्ञ निर्णायकहरूले सोही अनुरूप आफ्नो उत्तरदायित्व पालन गर्दै बडो सतर्कताको साथ निर्णय दिएका छन्। गान्तोकका एकजना वरिष्ठ साहित्यकार एवम् कविलाई अरुगि साहित्यिक पुरस्कारको निम्ति हाम्रा निर्णायक मण्डलीले चयन गरेको छ। तिनलाई अरुगि साहित्य संस्थानले आगामी 1 अक्टोबर आइतवारको दिन खरसाङको पार्क लोकेशनस्थित गोर्खा सार्वजनिक भवनमा आयोजित हुने साहित्यिक कार्यक्रमबीच उक्त पुरस्कारले सम्मान गरिनेछ। लामाले अघि भनेका छन्, साहित्यकार प्रद्युम्न श्रेष्ठ सिक्किममा जन्मेका हुन् अनि 6 माइल, तादोङ, गान्तोक पूर्व सिक्किमका खाँटी बासिन्दा, वरिष्ठ साहित्यकार एवम् कवि हुन्। साहित्यकार प्रद्युम्न श्रेष्ठको जन्म माता इन्द्रमाया प्रधानको कोखबाट 21 मार्च 1954 सालमा भएको थियो। तिनका पिता कृष्णाचन्द्र प्रधान हुन्। तिनका माता-पिता दुवै जीवित छैनन्। साहित्यकार प्रद्युम्न श्रेष्ठ अवकाश ग्रहण गरिसकेका एकजना कर्मचारी हुन्।


तिनले बीई (सिभिल) सम्मको शिक्षा लिएका थिए। तिनले पुष्प बाटिका-कविता संग्रह-1985, मेरा केही स्मृतिहरू-संस्मरण-1994, मेरा केही स्मृतिहरू-संस्मरण (भाग 2)-1996 लगायत 11 वटा साहित्यिक कृतिहरू प्रकाशित भइसकेको छ। यसको साथै तिनले एघारवटा पत्रिकाहरूको सम्पादन समेत गरिसकेका छन्। दुईवटा संस्थाका किनी ट्रष्टी छन् भने 6 वटा संस्थाका संरक्षक हुन्। यसैगरीस तिनी आठवटा संस्थाका आजीवन सदस्य अनि 6 वटा संस्थाका सदस्य रहेर साहित्य र समाजको निम्ति काम गरिरहेका छन्। नेपाली भाषा र साहित्यप्रति गहिरो योगदान अर्पण गरेवापत् तिनलाई सत्रवटा साहित्यिक अनि सामाजिक संस्थाहरूले अघिबाटै पुरस्कार र अभिनन्दन गरिसकेको छ। श्रेष्ठका अझै पाँचवटा कृतिहरू प्रकाशोन्मुख छन्। यी कृतिहरू चाँडै बजारमा देखा पर्नेछन् भन्ने कुरोमा हामी आशावादी छौँ। अरुगि साहित्य संस्थानले अरुगि साहित्यिक पुरस्कारको रूपमा आगामी समारोहबीच प्रशंसा पत्रदोसल्ला, अरुगि अङ्कित प्रतिक अनि नगद राशि पुरस्कार उपस्थित अतिथिहरूको बाहुलीबाट प्रदान गरेर तिनलाई सम्मानित गर्नेछ। यस वर्षको अरुगि पुरस्कारले पुरस्कृत हुने वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठलाई मुरीमुरी बधाईको साथमा धेरै धेरै शुभकामना चढाउँदछ अरुगि साहित्य संस्थान भनी ग्याल्पो लामाले विज्ञप्तिमा भनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *