अरूणा लामा स्मृति पुरस्कार 2021 सङ्गीतकार मणिकमल छेत्रीलाई प्रदान गरिने

दार्जिलिङ : सूचना अनि सांस्कृतिक विभाग जीटीएले प्रत्येक वर्ष प्रदान गर्ने दार्जिलिङका स्वर सम्राज्ञी अरूणा लामा स्मृति पुरस्कार 2021 चर्चित सङ्गीतकार मणिकमल छेत्रीलाई प्रदान गरिने घोषणा गरेको छ। सूचना अनि संस्कृति विभाग जीटीएद्वारा प्रत्येक वर्ष नै चर्चित गायिका अरूणा लामाको स्मरणमा गीत तथा सङ्गीत क्षेत्रका विभन्न स्रष्टा तथा सर्जकहरूलाई पुरस्कारद्वारा सम्मानित गर्दै आइरहेको छ। यसैले आज 9 सेप्टेम्बरको दिन गायिका अरूणा लामाको जन्म जयन्तीको अवसर पारेर जीटीएको सूचना अनि सांस्कृतिक विभागका कार्यकारी निर्देशक सामदेन डुक्पाले जानकारी दिएका छन्। तिनले बताएअनुसार अरूणा लामा स्मृति पुरस्कार 2021 दार्जिलिङका चर्चित सङ्गीत स्रष्टा मणिकमल छेत्रीलाई प्रदान गरिने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *