असहाय कृष्ण शीलको सहयोगको लागि अघि आयो स्वयम्‌सेवी संगठन

सिलगढी : फाराबारी निवासी कृष्ण शील दुर्घटनामा परेर एउटा खुट्टा नचल्ने भएपछि आर्थिक संकटसित जुझिरहेका थिए। स्वयम्‌सेवी संस्था युनिक सोशल वेलफेयर अर्गनाइजेसन आज तिनको सहयोगको लागि अघि आएको छ। प्राप्त जानकारी अनुसार फाराबारीको बलराम कोलनी निवासी कृष्ण शील पेशाले हजाम थिए। दुई वर्षअघि एउटा दुर्घटनामा परेर तिनको एउटा खुट्टा नचल्ने भएपछि तिनी आर्थिक संकटसित जुझिरहेका थिए। यसपछि तिनले युनिक सोशल वेलफेयर अर्गनाइजेसनसित सम्पर्क गरेपछि आज संगठनका सदस्यहरूले एउटा ट्राई साइकलमा फुलको दोकान बनाइ दिएर तिनलाई सुम्पिदिएको बताइएको छ। संगठनको उक्त सहयोग पाएर तिनी निक्कै खुसी भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *