असहाय मानिसहरूलाई नयाँ लुगाफाटा वितरण

सिलगढी : तपन भट्टाचार्य स्मृति रक्षा कमिटीद्वारा दुर्गा पुजा अगावै गरिब मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। प्रत्येक वर्ष झैँ यस वर्ष पनि दिवङ्गत तृणमूल कार्यकर्ता तपन भट्टाचार्यको स्मरणमा लगभग 200 जना गरिब मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। सिलगढी नगरनिगमको 28 नम्बर वार्डको सर्वहारा कोलनीमा एउटा कार्यक्रमको माध्यमद्वारा कमिटीका सभापति पूर्ण चक्रवर्ती, नगरनिगमका प्रशासक बोर्डका सदस्य अलोक चक्रवर्ती, रामभजन महतो, मानिक दे, स्वपन दास, समाजसेवी सुनन्दा दासले गरिब मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *