असामाजिक तत्वहरूविरुद्ध भाजपाको गणहस्ताक्षर अभियान

सिलगढी : फुलेश्वरी इलाकालाई असामाजिक तत्व मुक्त इलाका बनाउने उद्देश्य लिएर भाजपाको 24 नम्बर वार्ड कमिटीका सदस्यहरू सड़कमा ओर्लिएका छन्। आज बिहान भाजपाका 24 नम्बर वार्ड कमिटीको तर्फबाट फुलेश्वरी रेल क्रसिङ नजिक एउटा गणहस्ताक्षर अभियान शुरू गरियो। भाजपाको उक्त मागलाई सडक आरोहीहरूले समर्थन जनाउँदै हस्ताक्षर गरे। गणहस्ताक्षर गरिएको उक्त फ्लेक्स सिलगढी थानामा सुम्पिने भाजपाका सदस्यहरूले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.