असमका नाबालिका सिलगढी रेडलाइटमा बिक्री, महिलासहित 2 पक्राउ

सिलगढी : असम निवासी एउटी नाबालिकालाई सिलगढीको रेड लाइट एरियामा बिक्री गरेको आरोपमा पुलिसले एउटी महिलासहित दुईजनालाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार असम निवासी एउटी नाबालिका गोयालपाडा निवासी सफिउल्ला नाम गरेको व्यक्तिसँग प्रेम सम्बन्धमा परेपछि तिनले उक्त नाबालिकालाई सिलगढी ल्याएर रेड लाइट एरियामा एउटी महिलालाई बिक्री गरेको आरोप रहेको छ। घटनाको जाँचमा जुटेका असम पुलिसले खालपाडा आउटपोस्ट पुलिससित सम्पर्क गरेपछि हिजो सफिउल्लालाई पक्राउ गर्नको साथै पुलिसले अभियान चलाएर आरोपी महिलालाई पनि पक्राउ गरेको छ। पुलिसले तिनीहरूसित सोधखोज गरेपछि अन्तमा उक्त नाबालिकालाई उद्धार गरे। आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा असम लैजाने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *