अस्वस्थ्य युवतीलाई सिभिक भोलेन्टियरद्वारा सहयोग

सिलगढी : सिलगढीको भेनस मोडमा आज दिउँसो अस्वस्थ्य भएर सडकमैं बिचल्नीमा परेकी एकजना युवतीलाई पथ आरोहीहरूले सहयोग नगरेपछि दुईजना सिभिक भोलेन्टिर ती युवतीलाई सहयोग गर्न अघि आए। सागर चक्रवर्ती र सुबीर सरकार नाम गरेको ती दुई सिभिक भोलिन्टरले उक्त युवतीलाई एउटा टोटोमा हालेर अस्पतालमा भर्ती गराएको बताइएको छ। यसपछि युवतीको परिवारका सदस्यहरूलाई घटनाको खबर दिएपछि तिनीहरू अस्पतालमा आइपुगेका छन्। उक्त युवती सिलगढी सूर्यसेन कलेजकी छात्रा रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *