आशा मुखिया लामाको दोस्रो कृति ‘गाड़धन’-को खरसाङमा लोकार्पण

खरसाङ : स्रष्टा आशा मुखिया लामाको दोस्रो कृति गाड़धन आज खरसाङमा लोकार्पण गरियो। वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाको अध्यक्षता र वरिष्ठ साहित्यकार एवम् युग्मकको प्रणेता कालुसिंह रणपहेंलीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। देविका मङ्ग्राती राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पियोङ लामाले गरेका थिए। कार्यक्रममा आशा मुखिया लामाद्वारा लिखित चिन्तन सङ्कलन गाड़धन सभाध्यक्ष ज्ञानेन्द्र खतिवडा, प्रमुख अतिथि कालुसिंह रणपहेंली, विशिष्ट अतिथिहरू क्रमैले तिलक शर्मा, ग्याल्पो लामा, समाज सेवक टीटी लामा पूर्ण मगर, सष्टा आशा मुखिया लामा र तिनका लोग्ने पारस लामा लगायत बाबा डीएस दर्नाल, आमा विष्णा मुखियाको बाहुलीबाट लोकार्पण गरियो। कार्यक्रममा लोकार्पण गरिएको पुस्तक गाड़धनमाथि कवि विनोद रसाईलीले समीक्षात्मक टिप्पणी राखेका थिए। कार्यक्रममा देविका मङ्ग्राती राई, द्वारिका छेत्री, उषाकिरण सत्यदर्शी, मिना लामा राई, पी लक्की शेर्पा, बालकृष्ण थामी आदिले कविता वाचन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *