आशारिका फाउन्डेसन रङ्गबुलद्वारा 2 जना क्यान्सर रोगीलाई सहयोग राशि प्रदान

सोनादा : आशारिका फाउन्डेसन रङ्गबुलको तर्फबाट आज अप्पर जोसनहट्टा सोनादा निवासी ब्लड क्यान्सर रोगले ग्रसित 9 वर्षीय अरुणा छेत्री र भुँडीको क्यान्सरले ग्रसित 60 वर्षीय फुर्बा भुटियालाई सहयोग राशि प्रदान गरियो।


बिरामीहरूको आर्थिक अवस्था कमजोर भएकोले गर्दा आज आशारिका फाउन्डेसन रङ्गबुलको तर्फबाट 10-10 हजार रुपियाँ सहयोग राशि तिनीहरूको परिवारलाई सुम्पियो। यस अवसरमा फाउन्डेसनका सचिव रुपेश छेत्री, सदस्यहरूमा सन्तोष लामा, राम लामा, मिल्रनी प्रधान र छिरिङ वाङ्मु भुटिया उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *