गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस तामाङको परिकल्पना साथै अखिल सिक्किम आशा कल्याण सङ्गठन र राज्य सरकारको स्वास्थ्य एवम् परिवार कल्याण विभागको संयुक्त आयोजनामा आशा सम्मेलन-2021 आज गान्तोकस्थित मनन केन्द्र भवनमा भव्यताको साथ पालन गरियो।

उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह गोले मुख्य अतिथिका रुपमा उपस्थित थिए भने मुख्यमन्त्रीको साथमा मन्त्री कुङ्गा निमा लेप्चा, मुख्यमन्त्रीका राजनीति सचिव जेकब खालिङ, गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्री, उपमेयर छिरिङ पाल्देन भोटिया, राज्यको चारै जिल्लाका मुख्यमन्त्रीका अतिरिक्त राजनीति सचिव, विभिन्न विभागीय सल्लाहकार, विभागीय वरिष्ठ कर्मचारीवर्ग साथै चारैवटा जिल्लाबाट आएका आशा कर्मीहरुको व्यापक उपस्थिति रहेको थियो।
