अशोक भट्टाचार्य अस्वस्थ्य भएपछि अस्पतालमा भर्ना

सिलगढी : सिलगढीका विधायक अशोक भट्टाचार्य अस्वस्थ भएका छन्। हाल मतिगढाको एउटा गैर सरकारी अस्पतालमा तिनको उपचार चलिरहेको छ। प्राप्त जानकारी अनुसार गत केही दिनदेखि तिनी ज्वरो, सर्दीले ग्रसित भएपछि चिकित्सकको परामर्श अनुसार तिनले आफ्नै घरमा आराम गरिरहेका थिए। आज तिनको छात्तीमा अचानक अधिक पिडा बढेपछि चिकित्सकको परामर्श अनुसार तिनी अस्पतालमा भर्ना भएका छन्। हाल तिनको शारीरिक अवस्था स्थिर रहेको अस्पताल सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *