अशोक भट्टाचार्यले गरे महानन्दा तथा महिषमारी नदी किनारको सौन्दर्यीकरण कार्यको निरीक्षण

सिलगढी : सिलगढी नगरनिगमको पहलमा महानन्दा तथा महिषमारी नदीको किनारलाई सौन्दर्यीकरण गर्ने उद्देश्य लिएर बाँध निर्माण लगायत उक्त क्षेत्रलाई हरियाली बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। अर्कोतिर, सिलगढी नगरनिगमको पहलमा 47 नम्बर वार्डमा एउटा पुल निर्माणको कार्य गरिने भएको छ। आज नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान तथा सिलगढीका विधायक अशोक भट्टाचार्यले उक्त सबै कार्यहरूको निरीक्षण गरे। तिनले बताएअनुसार सिलगढी नगरनिगमले लगभग 3 करोड रुपियाँको लागतमा उक्त सौन्दर्यीकरणको कार्यहरू गरिरहेको छ। कोरोना महामारीले गर्दा लकडाउन अवधि निर्माण कार्य थाँती राखे तापनि इञ्जिनियरहरूको पहलमा उक्त कार्यहरू लगभग अन्तिम चरणमा पुगिसकेको तिनले बताए। राममोहन मौलिक घाट परिसरमा अत्याधुनिक गार्डन लाइटको व्यवस्था गरिएको साथै उक्त सौन्दर्यीकरणको कार्य दुर्गा पुजा अघि नै समाप्त हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *