अशोक भट्टाचार्यले गरे सिलगढीको 6 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले आज आफ्नो वार्डमा चुनाउ प्रचार गरे। तिनी आज सीपीएमका जिल्ला सचिव जीवेश सरकार तथा कङ्ग्रेसका कार्यकर्ताहरूलाई साथमा लिएर 6 नम्बर वार्डमा चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे।


यस अवसरमा वार्डवासीहरूले तिनलाई फुलले स्वागत गर्यो। चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै सिलगढीवासीहरूले आफूलाई मतदान गरेर विपुल मतले विजयी बनाउने कुरामा आशावादी रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *