अशोक भट्टाचार्यले गरे सिलगढीको हाशमी चोकमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका वाम-कङ्ग्रेस गठबन्धन प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढीको हाशमी चोकमा चुनाउ प्रचार प्रसार गरे। तिनी आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा सिलगढीको हाशमी चोकमा गएर त्यहाँका व्यवसासीहरूसित भेटघाट गर्नको साथै आफ्नो समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे। यस अवधि तिनले व्यवसासीहरूको विविध समस्याहरू सुने। अशोक भट्टाचार्यले सिलगढी शान्तिपूर्ण सहर हो भन्दै यहाँ कुनै प्रकारको अशान्तिको आशङ्का नरहेको बताए। चुनाउ प्रचार गर्नको लागि जुनै ठाउँमा गए तापनि त्यहाँका मानिसहरूबाट आफूले राम्रो प्रतिक्रिया पाइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *