अशोक भट्टाचार्यले सिलगढीको 20 नम्बर वार्डमा गरे चुनाउ प्रचार

सिलगढी : बङ्गालको पाँचौ चरण अन्तर्गत आगामी 17 अप्रेलको दिन सिलगढीमा विधानसभा आसनमा पनि चुनाउ सम्पन्न हुने भएकोले सबै राजनैतिक पार्टीहरूले आ-आफ्नो प्रार्थीको समर्थनमा जोड़तोड़ले चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढी नगरनिगमको 20 नम्बर वार्डमा र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार गरे। तिनले आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा एउटा र्‍यालीको माध्यमद्वारा 20 नम्बर वार्डमा चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूले लिफलेट पनि वितरण गरे। यसको साथै आफ्नो पक्षमा मतदान गर्ने तिनले सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *