अशोक भट्टाचार्यले गरे सिलगढीको रेगुलेटेड मार्केटमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनको संयुक्त मोर्चाको वाम प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढीको चम्पासारी स्थित रेगुलेटेड मार्केटको फल बजारमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले फल बजारका व्यवसायीहरूसित कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुने। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै अशोक भट्टाचार्यले चुनाउ प्रचार अवधि आफूले सबै ठाउँमा मानिसहरूको स्नेह पाउनको साथै तिनीहरूबाट राम्रो प्रतिक्रिया पाएको बताए। आफूले सदैव साधारण मानिसहरूको साथमा रहने प्रयास गरिरहेको साथै सिलगढी सहरमा गरेको विविध विकासमूलक कार्यहरूलाई हेरेर मानिसहरूले आफूलाई विपुल मतले विजयी बनाउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *