अशोक भट्टाचार्यले शोभायात्राको माध्यमद्वारा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले आज बिहान सिलगढीमा चुनाउ प्रचार गरे। यसभन्दा अघि तिनले सिलगढीको हिलकार्ट रोडमा चिया पिउँदै पार्टीका कार्यकर्ताहरूसित कुराकानी गरे। यसपछि तिनी सिलगढी नगरनिगमको 22 नम्बर वार्डका को-अर्डिनेटर रिङ्की दासलाई साथमा लिएर शोभायात्राको माध्यमद्वारा चुनाउ प्रचार गरे।


उक्त शोभायात्रामा धेरै संख्यामा पार्टीका कार्यकर्ता तथा समर्थकहरूले अंश ग्रहण गरे। सिलगढीको महानन्दा नदीमा बढिरहेको प्रदूषणलाई लिएर विरोधी पार्टीले प्रचार गरिरहेकोबारे अशोक भट्टाचार्यले कुनै महत्व दिन चाहेनन्। तिनले केन्द्र सरकारको महानन्दा एक्शन प्लान अन्तर्गत सिलगढीमा महानन्दा नदीलाई पुनर्जीवित गर्न सकिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *