अशोक भट्टाचार्य र शङ्कर मालाकारले सिलगढी अदालत परिसरमा गरे चुनाउ प्रचार

सिलगढी : संयुक्त मोर्चाको दुईवटा विधानसभा क्षेत्रका उम्मेद्वार अशोक भट्टाचार्य र शङ्कर मालाकारले आज सिलगढी बार एसोसिएशनमा चुनाउ प्रचार गरे। आज दुवै प्रार्थी एकैसाथ सिलगढी अदालत परिसरमा पुगेर वकीलहरूसित भेटघाट गरेर आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे। अर्कोतिर, सिलगढी विधानसभा क्षेत्रका वाम प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढीको चम्पासारीस्थित रेगुलेटेड मार्केटमा पनि चुनाउ प्रचार गरे। यसको साथै तिनले व्यवसायी तथा श्रमिकहरूसित एउटा बैठक पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *