अशोक भट्टाचार्य सहित 25 जना विरुद्ध मामिला दर्ता

सिलगढी : दार्जिलिङ जिल्ला माकपाले हिजो शुक्रबार सिलगढी नगरनिगम अभियान चलाएको थियो भने उक्त अभियान अवधि माकपा कार्यकर्ताहरूले पुलिसको ब्यारिकेड भत्काएर सिलगढी नगरनिगम कार्यालयमा प्रवेश गरेका थिए। यस अवधि सिलगढी नगरनिगमको गेटको एक भाग भत्केकोले पुलिसको काममा बाधा दिएको साथै सरकारी सम्पत्ति नष्ट गरेको आरोप लगाउँदै सिलगढी पुलिसले 25 जनाविरुद्ध मामिला दर्ता गरेको छ। जसमा अशोक भट्टाचार्य, जीवेश सरकार, समन पाठक, मौसमी हाजरा, मुन्शी नुरुल इस्लाम र शरदेन्दु चक्रवर्तीको नाम पनि सामेल छ। अर्कोतिर, सिलगढी पुलिसले गत राति प्रदीप घोष र प्रमोद पासवानलाई गैर जमानती धारा अन्तर्गत पक्राउ गरेको छ। यस विषयमा आज जीवेश सरकार र समन पाठकले भने, पुलिसले तृणमूलको निर्देशमा मामिला दर्ता गरेको हो। माकपा नेता तथा कार्यकर्ताहरूलाई दिग्दारी गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै पुलिसविरुद्ध जवाबी आन्दोलन शुरू गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *