अशोक भट्टाचार्यद्वारा सिलगढी किरणचन्द्र श्मशान घाटको निरीक्षण

सिलगढी : सिलगढी नगरनिगमले किरणचन्द्र श्मशान घाटको सौन्दर्यीकरणको कार्य शुरू गरेको छ। सिलगढी नगरनिगमको प्रशासक मण्डलका चेयरम्यान अशोक भट्टाचार्यले आज किरणचन्द्र श्मशान घाटको निरीक्षण गरे। सिलगढी विधायक कोषबाट 8 लाख रुपियाँको लागतमा अत्याधुनिक लाइट पोस्ट लगाइएको छ भने यसपल्ट सिलगढी नगरनिगमको तर्फबाट यसको बुनियादी ढाँचाको विकास तथा सौन्दर्यीकरण गरिने बताइएको छ। यसको लागि राज्यसभा सांसद तथा सिलगढी विधायक कोषबाट रुपियाँ प्रदान गरिने भएको छ। लगभग डेढ करोड रुपियाँको लागतमा किरणचन्द श्मशान घाटमा विद्युतीय चुल्हाको नयाँ चिम्नी लगायत श्मशान घाटको सौन्दर्यीकरण गरिने भएको छ। उक्त श्मशान घाटलाई चाँडै सौन्दर्यीकरण गरिने साथै पुलिस सुरक्षाको विषयमा पनि पुलिस कमिश्नरेटलाई पत्राचार गरिसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.