अशोक भट्टाचार्यद्वारा सिलगढीमा चुनाउ प्रचार

सिलगढी : 2021-को विधानसभा चुनाउलाई लिएर सबै राजनैतिक दलहरूले आफ्नो चुनाउ प्रचार शुरू गरेको छ। यसै क्रममा वाम-कङ्ग्रेस सिलगढी विधानसभाका प्रार्थी अशोक भट्टाचार्यले आज बिहानैदेखि सिलगढी विधानसभा केन्द्रको 33 वटा वार्डमा चुनाउ प्रचार गरे। तिनले बुथ कमिटीका सदस्यहरूलाई साथमा लिएर सिलगढी सहरको विभिन्न वार्डहरूमा चुनाउ प्रचार गर्नको साथै यहाँका मानिसहरूसित कुराकानी गर्दै आफूलाई मतदान गरेर विजयी बनाउने सबैसित अपील पनि गरे। यसपल्ट मानिसहरूबाट 2016 भन्दा धेरै राम्रो प्रतिक्रिया पाएको भन्दै तिनले सिलगढी सहरको विकासको लागि मानिसहरूले वाम-कङ्ग्रेस गठबन्धन सरकार चाहेको बताए। विधायकको रूपमा आफूले सिलगढी सहरमा के-कति विकासमूलक कार्यहरू गरे भन्नेबारे यहाँको मानिसहरूलाई थाहा भएकोले गर्दा नै सहरवासीले आफूलाई समर्थन गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *