अशोक भट्टाचार्यद्वारा सिलगढी नगरनिगमलाई दुईवटा पानीको ट्याङ्कर प्रदान

सिलगढी :  आफ्नो विधायक विकास कोषबाट प्रशासक अशोक भट्टाचार्यले आज सिलगढी नगरनिगमको लागि दुईवटा पानीको ट्याङ्कर प्रदान गरे। सिलगढी नगरनिगममा पर्याप्त पानीको ट्याङ्कर नभएकोले गर्दा विभिन्न सामाजिक कार्यक्रमको समयमा सहरवासीहरू उचित जल परिसेवाबाट वञ्चित रहने गरेको बताइएको छ। यसैले अशोक भट्टाचार्यले सिलगढी सहरवासीहरूको आवश्यकतालाई ध्यानमा राखेर आफ्नो विधायक कोषबाट मोठ 5 लाख रुपियाँको लागतमा सिलगढी नगरनिगमको लागि दुईवटा पानीको ट्याङ्कर प्रदान गरे। यसभन्दा अघि पनि तिनले विधायक कोषबाट सिलगढी नगरनिगमको लागि केही पानीको ट्याङ्कर प्रदान गरिसकेका थिए भने यसपल्ट तिनले अझ दुईवटा पानीको ट्याङ्कर प्रदान गरे। हाल सिलगढी नगरनिगममा 23 वटा पानीको ट्याङ्कर रहेको छ। विधायक तथा नगर निगम प्रशासक अशोक भट्टाचार्यले सिलगढी नगरनिगममा पर्याप्त पानीको ट्याङ्कर रहे तापनि यसलाई निर्धारित ठाउँमा पुर्याउनको लागि वाहनहरूको कमी रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *