अशोक भट्टाचार्यद्वारा सिलगढीको विभिन्न वार्डहरूको परिभ्रमण

सिलगढी : सहरका मानिसहरूसित जनसम्पर्क बढ़ाउने उद्देश्य लिएर सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान अशोक भट्टाचार्यले आज यहाँको विभिन्न वार्डहरूको परिभ्रमण गरे। यस अवसरमा तिनले विभिन्न वार्डका मानिसहरूसित कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुने। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले सहरको विभिन्न वार्डहरूको परिभ्रमण अवधि मानिसहरूको विविध समस्याहरू सुने तापनि ती सबै समस्याहरूको समाधान चाँडै गर्न सम्भव नरहेको बताए। तर उक्त समस्याहरूको समाधान गर्न आफूद्वारा सक्दो प्रयास गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *