अशोक भट्टाचार्यद्वारा सौर विद्युतीकरण परियोजनाको पहिलो चरणको कार्यको उद्‍घाटन

सिलगढी : सिलगढीका विधायक तथा नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आज सिलगढीको बाघाजतीन पार्कस्थित रवीन्द्र मञ्चबाट सौर विद्युतीकरण परियोजनाको पहिलो चरणको कार्यको उद्‍घाटन गरे। सिलगढी नगरनिगमले सौर ऊर्जाको उपयोग गरेर बिजुली बचाउने पहल गरेको छ। यसै क्रममा सिलगढी नगरनिगमले मातृसदन, किरण चन्द्र भवन, सूर्यसेन पार्क, रवीन्द्र मञ्च, सिलगढी नगरनिगम, विवेकानन्द मिनी मार्केट र 4 नम्बर बोरो कार्यालयलाई सौर विद्युतीकरण अन्तर्गत ल्याउने पहल शुरू गरेको छ। यसैले अशोक भट्टाचार्यले आज सिलगढीको बाघाजतीन पार्कस्थित रवीन्द्र मञ्चबाट सौर विद्युतीकरण परियोजनाको पहिलो चरणको कार्यको उद्घाटन गरे। यस अवसरमा तिनले पहिलो चरणको केन्द्रीय ग्रिन सिटी मिसनको परियोजना अन्तर्गत 26 लाख रुपियाँको लागतमा मातृसदन, रवीन्द्र मञ्च र विवेकानन्द मिनी मार्केटलाई सौर विद्युतीकरण अन्तर्गत ल्याइनेछ भने दोस्रो चरणमा अन्यलाई अन्तर्भुक्त गरिने भएको छ। सौर विद्युतीकरणको माध्यमद्वारा बिजुलीको वचत हुनको साथै रुपियाँको पनि वचत हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *