अशोक भट्टाचार्यले गरे पर्यटन मन्त्रीको वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्यले आज बिहान पर्यटन मन्त्री गौतम देवको वार्डमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि साधारण मानिसहरूले आफूलाई राम्रो प्रतिक्रिया दिएको जानकारी दिँदै तिनले चुनाउमा आफ्नो जीत निश्चित रहेको बताए।


तिनी आज मन्त्री देवको वार्ड चुनाउ प्रचार गर्न गए तापनि तिनले मन्त्रीसित भेट गरेनन्। मन्त्री देवसित आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै हाल मन्त्री देव पनि चुनाउ प्रचारमा व्यस्त छन् भनी तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *