अशोक भट्टाचार्यले गरे सूर्यनगर लगायत अन्य ठाउँमा चुनाउ प्रचार

सिलगढी : पश्चिम बङ्गालमा आगामी 27 मार्चदेखि विधानसभा चुनाउ शुरू हुने भएको छ। यसलाई लिएर प्रत्येक विधानसभा केन्द्रमा युद्ध स्तरमा चुनाउ प्रचार प्रसार भइरहेको छ। यसै क्रममा सिलगढी विधानसभा आसनका वाम-कङ्ग्रेस गठबन्धनका प्रार्थी अशोक भट्टाचार्य आज बिहान भ्रमणमा निस्केर सूर्यनगर मैदानमा चुनाउ प्रचार गर्नको साथै त्यहाँ रहेका मानिसहरूसित कुराकानी गरे। यसपछि तिनले सिलगढी नगरनिगमको 9 नम्बर वार्डका पूर्व काउन्सिलर शालिनी डालमियालाई साथमा लिएर डीआई फन्ड बजारमा गएर चुनाउ प्रचार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *