अशोक भट्टाचार्यले गरे सिलगढीको 22 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा केन्द्रका संयुक्त मोर्चा वाम प्रार्थी अशोक भट्टाचार्यले आज नगरनिगमको 22 वार्डमा चुनाउ प्रचार गरे। तिनी आज वार्ड को-अर्डिनेडर रिङ्की दास लगायत पार्टीका अन्य कार्यकर्ताहरूलाई साथमा लिएर सिलगढी नगरनिगमको 22 वार्डमा चुनाउ प्रचार प्रसार गरे।


चुनाउ प्रचार अवधि अशोक भट्टाचार्यले तृणमूल अथवा भाजपा होइन एकमात्र संयुक्त मोर्चाले राज्यमा सम्पूर्ण विकास गर्न सक्नेछ भनी बताए। यसैले आउँदो विधानसभा चुनाउमा संयुक्त मोर्चाको समर्थनमा मतदान गरेर विपुल मतले विजय बनाउने तिनले सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *